कोत्रे क्षेत्रमा शाखा बाटो बनाउन माग

पाेखरा | जेठ ३०, २०८१

कोत्रे क्षेत्रमा शाखा बाटो बनाउन माग

पोखरा:    पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।

 

पोखरा महानगरपालिका वडा ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

 

तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयबासी एवम् सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराए ।

 

कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए  । 

 

विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।

 

उनका अनुसार सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचनासमेत गरिएको छ ।

 

पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।

 

तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्